दातृ निकायसँग बजेटको विषयमा कुरा नमिल्दा संसारकै सबैभन्दा उच्चतम् उचाइमा रहेको प्रयोगशालाको भविष्य अन्योलपूर्ण
वर्षको १० महिना, काजी विष्ट विश्वको सबैभन्दा उचाईमा रहेको हिमनदी नजिकै अवस्थित पिरामिडभित्र बस्छन् ।
१६ हजार ५ सय ६८ फिट अग्लो नेपालको लोबुचे हिमाल(५०५० मिटर) र खुम्बु हिमनदीबाट ढुंगा फ्याक्दा पनि पुग्ने दुरीमा रहेको त्यो ठाउँको अधिक्तम तापक्रम वर्षको आधा समय शुन्य डिग्री भन्दा कम हुन्छ । जसको कारण दैनिक जीवन निकै कठिन छ । त्यहाँ रहेको स्टिल, आल्मुनियम र सिसाबाट निर्मित संरचना हुँदै हावाको झोका वहने गर्छ । निमेषभरमै मौसममा परिवर्तन देखिन्छ : कालो बादल देखिन्छ भने कहिले वर्षा हुन्छ र कहिले कुनै पूर्व संकेत विना नै ठूलो परिणाममा हिउँ पर्नसक्छ । सफा आकाश देखिनु भाग्यको कुरा हो ।
त्यो प्रतिकुलतालाई तीनतिरबाट प्रत्येक पाटो (४३.४ फिट/१३ मिटर) र (८.४ मिटर/२६.६ फिटको) उचाई भएको ज्यामितीय आकारको पिरामिडबाट सुरक्षा र प्रतिरोध प्राप्त गर्ने विष्ट भाग्यमानी हुन् । त्यो सन् २०१५ को नेपालको भूकम्प तथा त्यसपछि सगरमाथा आधार शिविरलाई बगाउने गरि निरन्तरको हिम पहिरोमा ठिङ्गै उभिएको छ । त्यहाँ उच्च भूभागको अर्ध स्थायी विश्वको पहिलो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेसनल ल्याब्रोटरी/अब्जर्भेटरीमा आफूलाई प्रयोग गर्न पर्याप्त हुने ऊर्जा प्रणालीका साथसाथै वैज्ञानिक उपकरणले भरिपूर्ण प्रयोगशाला रहेको छ ।
एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रुपमा जाँच गर्ने गरेका थिए । अफसोस, सन् २०१५ देखि पिरामिड बन्द छ ।
हिमालको वातावरण, जलवायु, वायुमण्डलीय प्रदुषण, शरीर विज्ञान, भूगर्भ र जैविक विविधताको बारेमा अध्ययन गर्न अन्तर्राष्ट्रिय समुदायका लागि यो प्रयोगशाला एउटा विशिष्ठ वैज्ञानिक स्रोत हो । अहिलेसम्म, १ सय ४३ फरक संस्थाका २ सय ५० जना अनुसन्धानकर्ताहरुले ५ सय ३० वटा भन्दा बढी अनुसन्धान गरिसकेका छन् । एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रुपमा जाँच गर्ने गरेका थिए ।
अफसोस, सन् २०१५ देखि पिरामिड बन्द छ । त्यो भवन र प्रयोगशालाको उपकरणहरुको हेरचाह एक्ला प्रबन्धक विष्टले गरेका छन् । ‘यो प्रयोशालामा अनुसन्धानकर्ता वा विद्यार्थीहरुको छैनन् । प्रयोगशाला खाली छ ।
‘मैले यहाँको उपकरण तथा प्रयोगशालाहरुको हेरचाह मात्रै गर्दै आएको छु’ खुम्बुको क्याबिनबाट बिष्टले प्रष्ट पारे ।
के सगरमाथा पृथ्वीको साँच्चै सर्वोच्च हिमाल हो ?
सन् १९८७ मा वासिंगटन विश्वविद्यालयका डा जर्ज वालेस्ट्रेनले आफ्नो मापनको गणना सार्वजनिक गर्दै पृथ्वीको सबैभन्दा अग्लो हिमालमा सगरमाथालाई के–टू ले छायाँमा पार्न सक्ने घोषणा गरे । यो दुस्साहासी दाबीले अन्तर्राष्ट्रिय वैज्ञानिक तथा पर्वतारोहण समुदायमा हलचल ल्यायो । त्यसको प्रतिक्रिया रुपमा इटलीका भेट्रान पर्वतारोहीहरु अगस्टिनो डा पोनेन्जा र मिलान विश्वविद्यालयका प्रोफेसर इमिरेट्स एड्रिट डेसिओले सगरमाथा र ‘के टू’को उचाई जाँच गर्ने चुनौती लिए । इटालियन नेसनल रिसर्च काउन्सिल (सीएनआर)सँगको सहकार्यमा ‘इभी-के टू-सीआरएन प्रोजेक्ट’ स्थापना गरेका यी दुई जनाले सगरमाथा वास्तवमै अग्लो भएको पुष्टी मात्रै गरेनन् उनीहरुले उच्च भूभागको नवप्रवर्द्धन र अनुसन्धानका लागि स्थायी, महत्वकाक्षी, अत्याधुनिक सुविधायुक्त प्रयोगशाला चीनमा निर्माण गर्ने निर्णय पनि गरे ।
तपाईले ठिकै पढ्दै हुनुहुन्छ, पिरामिड नेपालका लागि थिएन । त्यस समयमा यो सगरमाथाको उत्तरतर्फको भिरालो तिब्बतको तिङग्री उपत्यकामा निर्माण गर्ने योजनासहित सीआरएन र चाइन एकेडेमी अफ साइन्सबीच सम्झौतामा हस्ताक्षर पनि भएको थियो । उद्घाटनको दिन नजिकिदैँ गर्दा तेयानम्यान स्क्वायरको प्रदर्शन र सन् १९८९ जुन ४ मा भएको नरसंहारपछि प्रयोगशाला सञ्चालनमा ल्याइएन । डेसिओले चाँडै नै सगरमाथाको उत्तरी भिरालोबाट त्यसलाई दक्षिण भिरालो लोबुचेमा सार्ने घोषणा गरे ।
पिरामिड इन्टरनेसनल ल्याब्रोटरीको स्थापनाको कठिन इतिहास र नेपाली भाग्यको परिवर्तन पनि प्रजातान्त्रिकरण तथा ज्ञानको आदानप्रदानको अभूतपूर्व लहरको समयसँगै भयो । चीनमा शान्तिपूर्ण प्रदर्शनमाथि दमन र रक्तपात अन्त्य भएता पनि पूर्वी युरोपको कम्युनिष्ट शासन एकपछि अर्को गर्दे ढल्दै गयो । पोल्यान्ड, हंगेरी, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र बल्गेरियामा स्वेच्छचारी शासनले शक्ति गुमायो । असीको अन्तिम साता शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनाष्ट)का पहिलो उपकुलपति रत्नशम्शेर जबरा र सीएनआरका अध्यक्ष एल रोशी बेर्नादीले दुवै संस्थाहरुबीच वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरे । त्यसै समयमा रोमानियाका कम्युनिष्ट नेता निकोलाई चाउचेस्कु र उनको पत्निलाई क्रान्तिकारीहरुले मृत्युदण्ड दिएका थिए र चेकोस्लोभाकियामा भाल्सा भावेल पहिलो प्रजातान्त्रिक राष्ट्रपतिमा रुपमा निर्वाचित भएका थिए ।
पिरामिड इन्टरनेसनल ल्याब्रोटरीको स्थापनाको कठिन इतिहास र नेपाली भाग्यको परिवर्तन पनि प्रजातान्त्रिकरण तथा ज्ञानको आदानप्रदानको अभूतपूर्व लहरको समयसँगै भयो ।
नेपाल त्यसबाट अछुतो रहन सकेन दुई समूह प्रजातान्त्रवादी तथा प्रतिबन्धित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र कम्युनिष्ट तथा वामपन्थीहरुको संयुक्त वाममोर्चाले बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि आफ्नो प्रकारको अहिंसात्मक क्रान्ति जनआन्दोलनको सुरुवात गरे । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सुरुवात भएको आन्दोलनमा प्रदर्शन तथा आमहड्तालहरु आयोजना हुँदै र बढ्दै जाँदा एक समयमा राजधानीमा करिब २ लाख मानिस राजाको विरुद्ध उत्रिए । यो संख्या नेपालको जनसंख्याको १ प्रतिशत थियो ।
प्रजातान्त्रवादी शक्तिले २०४६ चैत २६ गते जिते जबक इटलीको छिमेकी स्लोभानियाले दोस्रो विश्वयुद्धपछि पहिलो पटक प्रत्यक्ष र प्रजातान्त्रिक निर्वाचन आयोजना गरेको थियो र नेपालका राजा वीरेन्द्रले राजनीतिक दलहरुमाथि ३० वर्षदेखि लाग्दै आएको प्रतिबन्ध हटाएका थिए । पूर्व युगोस्लोभाकिया र हिमाली अधिराज्य नेपालमा एकतन्त्रीय शासनलाई अन्त्य गरेको थियो । त्यसको दुई दिनपछि ‘नेपालमा उच्च भूभाग परियोजना’ सञ्चालन सम्बन्धी परिशिष्ट सम्बन्धी सम्झौतामा रोनास्टमा सदस्य सचिव नरेन्द्रबहादुर सिंह र ‘ईभी के टु कमिट’का अध्यक्ष डा पोनेन्जाले हस्ताक्षर गरेका थिए ।
त्यसै वर्षको अक्टोबरमा नेपाली कांग्रेस संस्थापक तथा जनआन्दोलनको नेतृत्व गरेका पूर्व राजनीतिक बन्दी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले व्यस्तताको बाबजुद चमकमाउँदो पिरामिडको उद्घाटनका लागि लोबुचे चढेका थिए । उनसँगै हाल ९३ वर्ष भएका डेसिओ साथमा थिए । त्यसपछि भट्टराई एक महिनापछि घोषणा हुने संविधानको समीक्षाका लागि काठमाडौं आए र ‘विज्ञान तथा प्रविधिक विकास’लाई प्राथमिकतामा राख्ने भाषा थप्न लगाए । त्यसैले आगामी दुई दशक नवप्रवर्द्धनका लागि काम गर्नुपर्ने थियो ।
पिरामिड ल्याबलाई ३ भागमा विभाजन गरिएको छ । यहाँ सानोदेखि ठूला प्रयोगशालाहरु, रेडियो र स्याटलाइट सञ्चार प्रणाली राखिएका छन् । पहिलोमा रेस्टुरेन्ट र दुई वटा ठूलो प्रयोगशाला र एउटा रसायन विश्लेषण इकाई छ, दोस्रोमा मध्यम आकारको प्रयोगशालाहरु र हाइपरबारिक कक्ष छ र तेस्रो डेटा प्रशोधन, दूरसञ्चार तथा व्यवस्थापनका लागि छुट्टाइएको छ । प्रयोगशालाको दक्षिणतर्फ २० जनासम्म अनुसन्धानकर्ता, प्राविधिक तथा बस्दोबस्तीका कर्मचारी एक्लाएक्लै बस्न मिल्ने इकाइहरु छन् । त्यो प्रयोगशालाले स्वचालित मौसम केन्द्रहरु सञ्चालन गर्दै आएको छ र डेटा दीर्घकालसम्म प्राप्त भइरहने सुनिश्चितता गरेको छ । तरपनि कोभिडको कारण सो क्षेत्रमा कोही पनि प्राविधिक जान नसकेको कारण एक वर्ष त्यो अवरुद्ध भएको थियो ।
त्यो प्रतिकुलतालाई तीनतिरबाट प्रत्येक पाटो (४३.४ फिट/१३ मिटर) र (८.४ मिटर/२६.६ फिटको) उचाई भएको ज्यामितीय आकारको पिरामिडबाट सुरक्षा र प्रतिरोध प्राप्त गर्ने विष्ट भाग्यमानी हुन् । त्यो सन् २०१५ को नेपालको भूकम्प तथा त्यसपछि सगरमाथा आधार शिविरलाई बगाउने गरि निरन्तरको हिम पहिरोमा ठिङ्गै उभिएको छ ।
डा गिआन्नी तार्टारी नेसनल रिसर्च काउन्सिलको इटालियन वाटर रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता हुन् । इमेल अन्तर्वार्तामा उनले डेसिओ र डे पोनेन्जा पहिलो पटक सन् १९८९ मा अनुसन्धान अभियानको सुरुदेखि नै हाइड्रोकेमिकल अध्ययनको नेतृत्व सुरु गरेको बताए । त्यस समयमा तिब्बतबाट अनुसन्धान नेपालतर्फ सार्दाको छिनाछप्टी काल थियो । उनले हिमाल हिमनदी तथा पोखरीकी पानी साथै मानवजनित वायु प्रदुषण तथा जलवायु परिवर्तनले कसरी तेस्रो ध्रुवका लागि खतरा बनेको छ बारेमा महत्वपूर्ण अध्ययन गरेका थिए ।
‘वातावरणीय अनुसन्धानका साथै शरीर विज्ञानको महत्वपूर्ण अतिरिक्त भौगोर्भिक, पर्यवरणीय र पछिल्लो समयमा हिमनदी तथा वायुमण्डलिय अनुसन्धानहरु लामो समयदेखि हुदै आउनुका साथै वायु गुणस्तर मापन प्रयोगशालामा महत्वपूर्ण स्थापना पनि भएको छ,’ उनले भने ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) त्यसको पूर्ववर्ती रोनास्ट र ‘ईभी-के टु-सीएनआर कमिटीले पिरामिड ल्याब्रोटरी तथा अब्जर्भेटरीको संयुक्त रुपमा व्यवस्थापन गर्दै आएका थिए । ‘ईभी-के टु - सीएनआर परियोजन' इटाली सरकारको प्राविधिक वैज्ञानिक आयोगको सल्लाह सञ्चालन गर्दे आएको सीएनआरले ल्याब सञ्चालनका लागि करिव करिव सबै रकम लगाउँदै आएको थियो । बजेट सम्बन्धी विषयलाई लिएर सीएनआरले ‘इभी-के टु-सीएनआर’लाई रकम दिन छाडेपछि पिरामिड सहज ढंगले चल्न छाड्यो ।
नास्ट र ‘इभी-के टु- सीएनआर कमिटी’बीच १९९० मा भएको सम्झौतामा परियोजना सम्पन्न भए वा एउटा साझेदारले संयुक्त अनुसन्धान कार्य अघि बढाउन सहमत नभएमा पिरामिड नास्टलाई हस्तान्तरण गर्ने निर्धारण गरिएको थियो । तर नेपाली अधिकारीहरुले पिरामिड बन्द भएको विषयलाई गम्भीरतापूर्वक लिएको देखिदैन ।
२० हजार अमेरिकी डलर अभियान र वैज्ञानिकहरुलाई ३ हजार अमेरिकी डलर अनुसन्धान ग्रान्ट, रातिको वाष्पिकरणसहित ‘इभी-के टु-सीएनआर’ले रकम वार्षिक रुपमा नास्टलाई बुझाउने गरेको थियो । निजी सम्पत्तिमा राखिएको स्टेसनको भाडाको रकम बुझाउन बाँकी छ । विष्टलाई २०१५ देखि तलब दिइएको छैन र ‘इभी-के टु-सीएनआर’ संस्थाका सदस्यहरुले निकै कम क्षमतामा सो अब्जर्भेटरीलाई सञ्चालन गर्नका लागि समय र रकम लगाएका छन् ।
पिरामिडमा कर्मचारी र काम गर्ने समूहले छाडेका छन, कम्प्युटर, रेडियो र एभरेष्ट वेबक्याम सबै बन्द छन् ।
गत अप्रिलमा सीएनआरका प्रमुख प्राविधिक निर्देशक तथा इन्जिनियर पिटर भेर्जा ल्याब पुगेका थिए र मर्मतको काम गरेका थिए । ल्याब बन्द भएपछि, उन आफ्नै इच्छाले उपकरणको मर्मत र जाँचका लागि वर्षैपिच्छे आउने गरेका थिए ।
‘मैले वर्षमा दुई पटक उपकरण जाँच गर्ने गर्दथे । कोभिडको कारण त्यसलाई परिवर्तन गर्नुपर्यो’ उनले भने, ‘भ्रमणमा मैले पुरानो सेन्सरहरुलाई प्रतिस्थापन गरे र नयाँ एउटा स्टेसनहरुमा थपे । सबै मौसम मापन केन्द्रहरुका उपकरणहरुलाई व्यवस्था गरे । नाम्चे स्टेसन (११,७१३ फिट/३५७० मिटर) अहिले सञ्चालनमा छ । कालापत्थर स्टेसन (१८,३७२ फिट/५,६०० मिटर)लाई बनाइयो र फेरिचे स्टेसन (१३,९७६ फिट/४,२६० मिटर)लाई पूर्ववत अवस्थामा ल्याइयो ।’ मौसम मापन केन्द्रहरुमा नयाँ डेटा लगरहरु राखियो साथसाथै जीपीएस उपकरण पनि ।
पुमरी हिमाल (२३,४५८ फिट७,१५० मिटर)को लाइभ वेबम्याक अहिले सञ्चालनमा आएको तर सगरमाथाको लाइभ भिडियो देखाउने काला पत्थरको वेबक्याम भने अहिले पनि उपकरणमा आएको समस्याको कारण बिग्रिरहेको छ । न्युन मोबाइल नेटवर्क फ्रिक्वेन्सीको कारण मौसम मापन केन्द्रबाट सिधै डेटा डाउनलोड उपलब्ध हुनसकेको छैन । वायुमण्डलको अनुसन्धानको काम अझै सुरु हुन सकेको छैन ।
अनुसन्धानकर्ता तथा सञ्चार माध्यमहरुले निरन्तर रुपमा दबाब दिएपछि नासाले सन् २०२० मा पिरामिड ल्याबको अवस्था र आगामी कार्य पहिचानका एउटा कमिटी गठन गरेको थियो । सो कमिटीले तयार पारेको प्रतिवेदनमा संभव भएसम्म चाँडोलाई ल्याब पुन:संचालनमा ल्याउनु पर्ने सुझाव दिएको छ । ‘हामीले प्रयोगशालाको स्वामित्व लिने विषयको नेतृत्व लिन र नेपाल पैसा तिर्न बाँकी रहेरको उधारो तिर्नका लागि सीएनआर र इभी-के टु-सीएनआरसँग सञ्चारका लागि नाष्टलाई सिफारिस गरेका छौं,’ कमिटी सह संयोजक तथा नाष्टका प्राज्ञ डा मदनलाल श्रेष्ठले भने ।
डा तार्टारी ल्याब सञ्चालनमा हुनेमा आशावादी छन् । इमेल अन्तर्वार्तामा उनले भने, ‘म निश्चित रुपमा यो तथ्यलाई लुकाउन सक्दिन पिरामिडमा अनुसन्धान सञ्चालन गर्न आर्थिक कठिनाईहरु इटालियाली पक्षले एउटा प्रतिवद्ध काममा अवरोध गरेको कारण भएको हो । यति हुँदाहुँदै पनि के भन्न सकिन्छ भने तीन दसकदेखिको सहकार्यले इटालियाली र नेपाली अनुसन्धानकर्ता नजिकको सम्बन्ध बनाउन प्रेरित गरेको छ र इटलीको विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुमा केहीलाई लामो र छोटा तालिमको अवसर पाएका छन्, जसले नेपाली अनुसन्धानको स्तरको क्षमतामा बढाउनका लागि महत्वपूर्ण प्रदान गरेको छ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान तथा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयले ल्याबलाई कसरी सञ्चालन गर्ने भन्ने विषयलाई गम्भीरताका साथ लिएकोमा जोड दिइएन् । उनले ल्याबलाई उच्च भूभागको अनुसन्धानको ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्नुपर्ने बताइन् ।
२०२२ अप्रिलमा इटालियाली टीमले नास्ट पुगेको थियो र सो स्थानमा अनुसन्धानलाई निरन्तरता दिने सम्बन्धी नयाँ प्रस्ताव गरेको थियो । तर नास्टका अधिकारीरुले यस विषयमा औपचारिक निर्णय गरेका छैनन् । नास्टको वैधानिक अधिकृत डेभेस कोइराला सन् २०२३ सम्ममा प्रयोगशाला सञ्चालनमा आउनेमा आशा व्यक्त गरे ।
यसअघिको सम्झौतामा ल्याबको प्रमुख ‘इभी-के टु-सीएनआर’ पक्षबाट हुने गरेका थिए । नास्टले अहिले प्रमुख नेपालकै हुनुपर्नेमा जोड दिँदै आएको छ । यद्यपी नेपाली अधिकारीहरुले ल्याब आफ्नो सञ्चालन गर्न चाहेका छन, ल्याबको स्थापना, सञ्चालन र विश्वमा उच्च भूभागकोअनुसन्धानको प्रतिक पिरामिड ल्याब बनाउने इटलीको प्राविधिक सहयोग बिना यो चलाउन निकै कठिन छ ।
तीन दशकदेखिको सहकार्यले इटालियाली र नेपाली अनुसन्धानकर्ता नजिकको सम्बन्ध बनाउन प्रेरित गरेको छ र इटलीको विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुमा केहीलाई लामो र छोटा तालिमको अवसर पाएका छन्, जसले नेपाली अनुसन्धानको स्तरको क्षमतामा बढाउनका लागि महत्वपूर्ण प्रदान गरेको छ ।,' -- गिआन्नी तार्टारी नेसनल रिसर्च काउन्सिलको इटालियन वाटर रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता ।
डा सुदीप ठकुरी नेपालको मध्य पश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि स्कुलका डिन हुन् । उनले सगरमाथा क्षेत्रमा रहेका सबै हिमनदीको नक्साकंनसहितको धेरै वटा अनुसन्धान त्यो प्रयोगशालामा गरेका थिए । जसमा पछिल्लो चार दशकमा सगरमाथा क्षेत्रमा ५ सय ११ वटा ताल बनेको पत्ता लगाएका थिए ।
डा ठकुरी पिरामिड बन्द भएकोमा दुख व्यक्त गर्छन । उनले इटालियाली अनुसन्धाकर्ता विना ल्याब सञ्चालन हुन नसक्ने बताउँछन् । ‘अधिकांश प्राविधिक उपकरण र डेटाहरुको विश्लेषणको काम इटालियाली अनुसन्धाकर्ताले गर्दथे । नेपाली अनुसन्धानकर्तालाई तयार परिएन । यस्तो अवस्थाले नेपालले उनीहरुको सहयोग विना यसलाई सञ्चलान गर्न सक्दैन ’ उनले भने ।
जुलाईमा नास्टका प्राज्ञहरुको बैठकमा बीच ल्याब सञ्चालनको विषयमा छलफल भएको थियो । डा श्रेष्ठले ल्याबको वर्तमान अवस्था र त्यसको महत्वको बारेमा अन्य प्राज्ञ तथा वैज्ञानिकहरुलाई जानकारी गराएका थिए । उनीहरुबीच ल्याब सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको गियो ।
यसै वर्षको अन्त्यसम्ममा इटलीको टिमसँग सम्झौता भइसक्ने अपेक्षा गरिएको छ । आउन भ्रमणमा आउने अपेक्षा गरिएको छ । अधिकारीहरुले सबै प्रकारको बाँकी रकम तिरेर २०२३को पहिलो महिनाबाटै ल्याब सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।